दाङमा ल्याएका प्रकाण्डलाई सर्वोच्चको आदेशमा पुन ः काठमाण्डौ लगियो

दाङ,२८ भदौ

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता खड्गबहादुर विश्वकर्मालाई आज ( बिहीबार) पुन ः काठमाडौं लगिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र काठमाडौं झिकाउन पत्र काटेपछि उहालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । गत शुक्रबार भोजपुरबाट दाङ ल्याईएका प्रकाण्डलाई सर्वोच्च अदालतले काठमाडौं झिकाउन पत्र काटेपछि पुनः काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो । प्रकाण्डलाई आज बिहीबार विहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।प्रकाण्डको डायरीमा तुलसीपुरको घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि थप अनुसन्धानका लागि दाङ ल्याईएको प्रहरीले दावी गरेको थियो ।प्रकाण्डको बिषयमा थप अनुसन्धानका लागि जिल्ला अदालत दाङले आज २८ गते सम्म अर्थात ८ दिन तोकेको थियो । त्यो म्याद नसकिदै सर्वोच्चले काठमडौं झिकाउन पत्र काटेको हो । तर अनुसन्धान भने जारी रहने दाङ प्रहरीले जनाएको छ । २०७४ मंसीर १३ गते तुलसीपुरमा नेपाली काग्रेसले आयोजना गरेको चुनावी सभा नजिकै बम बिष्फोट थियो । बम बिष्फोट हुदा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ क्वाङी निवासी म्यादी प्रहरी बिनोद चौधरीको मृत्यु भएको थियो ।सोही घटनामा म्यादी प्रहरीको हत्या गरेको भनी प्रकाण्डलाई आरोप लागेको छ । यसअघि प्रकाण्डलाई रकम असुलेको,डोजर लगायतका यान्त्रीक साधानमा आगजनी गरेको,बम बिष्फोट गराएको लगायतका आरोपमा काठमाण्डौ,नुवाकोट,भोजपुर जिल्लामा प्रहरीले अनुसन्धान गरेको थियो । तर अदालतको आदेशमा रिहाई हुने र प्रहरीले फेरी उहालाई नियन्त्रणमा लिदै आएको छ ।

प्रतिकृया दिनुहोस